सर्वसाधारणसँग रकम ठगी गर्ने पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सर्वसाधारणसँग रकम ठगी गर्ने पाँच जना पक्राउ

पर्सा, ३० पुस । चिट्ठा परेको भन्दै सर्वसाधारणसँग रकम ठगी गरेको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । भारतको विहार जमुई पञ्चायत निवासी १९ वर्षीय रोहितकुमार सिंह, सोही ठाउँका २२ वर्षीय छोटु कुमार, धनुषाको जनकपुर–१९ का १८ वर्षीय अमित यादव, सोही ठाउँका २२ वर्षीय राजेश यादव र जनकपुर–२ का २१ वर्षीय शिवशंकर मण्डललाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले फेसबुक, भाइबर, इमो, ह्वाट्स एप र मोबाइल सिमकार्डमार्फत २५ लाखसम्मको चिट्ठा पर्ने भएकाले उक्त रकम प्राप्त गर्न बैंकमा केही रकम जम्मा गर्नुपर्ने प्रलोभन देखाउँदै सर्वसाधारणसँग रकम असुली गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुका साथबाट विभिन्न व्यक्तिको नागरिकता, एटीएम कार्ड, स्मार्ट कार्ड, नगद र मोबाइलहरू बरामद गरेको छ । प्रहरीले यसअघि पनि यस्तै प्रकृतिका दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);