म्यादीमा जागिर लगाइदिन्छौ भन्दै ठगी गर्ने तीन पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

म्यादीमा जागिर लगाइदिन्छौ भन्दै ठगी गर्ने तीन पक्राउ

पर्सा, १४ कात्तिक । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीले ठगीको आरोपमा पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर १ बस्ने हरिनारायण राम, सोहि ठाउँका बिसुनदेवप्रसाद यादव र छठु महरा चमारलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट म्यादी प्रहरी परिक्षाको सक्कल प्रवेशपत्र २२ थान, प्रवेश पत्रको फोटोकपी २० थान र स्वास्थ्य परिक्षण गराईएको रिपोर्ट ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले तीन थान मोबाईल र ३७ हजार १ सय रुपैयाँ नगदसमेत बरामद गरेको छ । अभियुक्तहरुले जागिर लगाईदिने शर्तमा एक व्यक्तिबाट ३ देखी ५ हजार रुपैयाँसम्म असुली गरेको प्रहरीले जनाएको छ ।