देशका विभिन्न स्थानमा एकाएक चिसो बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

देशका विभिन्न स्थानमा एकाएक चिसो बढ्यो

काठमाडौ, १४ कात्तिक । केहि दिनयता राजधानी लगायत देशका विभिन्न क्षेत्रमा एक्कासी चिसो बढेको छ । मनसुन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावका कारण विगतभन्दा यसपटक चीसो छिट्टै बढेको मौसमविद्हरुले बताएका छन् ।

मौसमविद्का अनुसार मनसुन सकिएको र उत्तर–पश्चिमी वायुको प्रभावका कारण उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा चिसो बढेको हो ।

पश्चिमी वायु भारतको जम्बु कास्मिरबाट हिमाली क्षेत्र हुँदै आएको र रातमा आकाश खुला भई पृथ्वीको सतह चिसिएकाले एक्कासी तापक्रम घटेको मौसमविद्को भनाई छ ।

नेपालमा सामान्यतया जाडो मौसम डिसेम्वरदेखि फेबु्ररीसम्म मानिन्छ । तर पश्चिमी वायुको प्रभावले अघिल्लो वर्षको तुलनामा यस वर्ष चिसो छिटै सुरु भएको हो । चिसोको प्रभाव पश्चिम, मध्यपश्चिम र पूर्वमा बढी पर्ने देखिएको छ ।

चिसोको प्रभावले केहि क्षेत्रमा पानी पर्ने सम्भावना पनि बढेको मौसमविदले बताएका छन् । मौसममा परिवर्तनले गर्दा तराइका जिल्लामा पनि सितलहरको सम्भावना बढेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);