पश्चिमी वायुको प्रभावले देशभरको मौसममा सामान्य बदली | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

पश्चिमी वायुको प्रभावले देशभरको मौसममा सामान्य बदली

काठमाडौं, २१ पुष । हाल पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा सामान्य बदली भैरहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका केही स्थानमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी बागमती र प्रदेश नम्बर १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाले यात्रा गर्दा सावधानी अपनाउन तथा देशभर बदली भै हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता आग्रह गरेको छ ।

पश्चिमि बायूको प्रभाव बिहिबारसम्म रहने र त्यसपछि मौसममा सुधार हुँदै जाने बताइएको छ ।

Leave a Reply

ताजा समाचार