अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

कञ्चनपुर, २१ पुष । कञ्चनपुरको महाकाली नगरपालिका १ मा गोली चल्दा १६ वर्षीय नरेश सुनार घाईते भएका छन् । सोमबार साँझ साढे ६ बजे भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्किंदै गर्दा नेपाल भारत सीमा क्षेत्रमा आइपुग्दा अकास्मात गोली चलेको हो ।

गोली हान्ने व्यक्ति १०-१२ जनाको समूहमा रहेको र गोली कसले चलायो भन्ने थाहा नभएको घाईतेले बताएका छन् ।

गोली कसले र किन चलाएको भन्नेबारे अनुसन्धान भइरहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जंगलमा गोली कसले चलायो भन्नेबारे खुल्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);