श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

pakrau

झापा, २१ पुष। श्रीमतीको हत्या गरेको आरोपमा आमबोटेका सुवास राई पक्राउ परेका छन् । ईलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय राईले आज बिहान साँढे ५ बजेको समयमा सामान्य घरायसी बिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भनि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा खबर पाए लगत्तै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई अन्य थप अनुसन्धान भईरहेको प्रदेश एक प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);