श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

pakrau

उत्तम रिजाल

झापा, ४ फागुन । श्रीमतीको हत्या गरेको आरोपमा झापा भद्रपुर नगरपालिका–७ का ५८ बर्षीय साहेबा उराउ पक्राउ परेका छन् । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउबीच झै–झगडा हुँदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएको र उनको आज बिहानका राती मृत्यु भएको भनि आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएका थिए ।

घटनाको जानकारी गराए लगत्तै गएको प्रहरी टोलीले साहेबा उराउलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);