पशु शिक्षण अस्पताल हस्तान्तरणको विरोधमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पशु शिक्षण अस्पताल हस्तान्तरणको विरोधमा तालाबन्दी

शशि पन्थी
भैरहवा, ४ फागुन ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको पशु शिक्षण अस्पताल स्थानान्तरण नगर्न स्थानियहरुले क्याम्पस प्रमुखलाई चेतावनी दिएका छन् ।

क्याम्पसको हाता भित्र भेटनरी अस्पताल (पशु शिक्षण अस्पताल) को सम्पूण संरचना तयार भई पूर्णरुपमा सञ्चालन नभएसम्म कुनैपनि बाहानामा अस्पतालको युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरिच प्रोग्रामको नाउँमा अन्य ठाउँमा निर्माण गर्न खोज्ने कार्यलाई मान्य नहुने स्थानीयहरुले बताएका छन् ।

क्याम्पस प्रमुख डाक्टर राम भजन मण्डललाई ज्ञापन पत्र बुझाउँदै स्थानीयहरुले चरणबद्धरुपमा आन्दोलनका कार्यक्रम सारिएको बताए । क्याम्पस प्रमुख विरुद्ध विभिन्न नारा लगाउँदै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएपछि स्थानीयहरुले पहिलो चरणको आन्दोलन भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।


पक्लीहवा क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो शिक्षण अस्पताल र नेपालकै दोस्रो पशु शिक्षण अस्पतालमा ७ वर्ष अंगाडी पढाई सुरुवात भएको स्थानीय शुसिल गुरुङले बताए ।

पुरानै पूर्वाधार भएको ५२ बिघामा फैलिएको क्याम्पसका केही शाखाहरु स्थानान्तरण गर्न खोज्नु क्याम्पस प्रमुख तथा डिनहरु कमिशन पचाउने खेल भएको उनिहरुको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);