विद्यार्थीद्वारा क्याम्पस प्रमुखलाई कालोमोसो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विद्यार्थीद्वारा क्याम्पस प्रमुखलाई कालोमोसो

kalomoso

बटुकनाथ झा

जनकपुरधाम, २ पुष । जनकपुर स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलित भएका छन् । आईतवार आफ्ना क्याम्पस प्रमुखलाई कालोमोसो दलेका विद्यार्थीहरुले सोमवार नगरमा विरोध पर्दशन गरे ।

जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विधार्र्थीहरु आन्दोलित भएका छन् । उनीहरुले १९ बुँदे माग राख्दै क्याम्पस प्रमुखको विरुद्ध जनकपुरधाम सोमवार चर्काे नारा लगाए ।

विद्यार्थीहरुले आफ्ना मागका विषयमा १५ दिन देखि धर्ना वसेपनि सुनुवाई नभएकाले वाध्य भएर आन्दोलित हुन परेको गुनासो गरे । उनीहरुले सोमवारै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । विद्यार्थीहरुले क्याम्पसमा नियमित कक्षा संचालन हुनुपर्ने, प्रयोगात्मक सम्पूर्ण ल्याबहरुको उचित व्यवस्थापन हुनु पर्ने, शिक्षा संकायका जिर्ण भवनमा मर्मतका लागि पहल गर्नुपर्ने लगायत माग समेत राखेका छन् ।

विद्यार्थीहरुले आईतवार आफ्ना माग सुनुवाई नभएको भन्दै रामसागर वहुमुखी क्याम्पस प्रमुख विजय लाल दासलाई कालोमोसो समेत दलेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);