परीक्षा केन्द्र सारिएको विरोधमा विद्यार्थी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

परीक्षा केन्द्र सारिएको विरोधमा विद्यार्थी आन्दोलित

सिरहा, १४ असार । परीक्षा केन्द्र सारिएको विरोधमा सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।

स्नातक दोस्रो वर्षका ३ सय ११ विद्यार्थीको परीक्षाको केन्द्र रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पस गोलबजारमा सारीएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले परीक्षा केन्द्र नसार्न माग राख्दै निमित्त क्याम्पस प्रमुख कृष्णाकुमार यादव र अन्य प्राध्यापकलाई कार्यकक्षामा केहीबेर थुनेका थिए । केन्द्र सर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);