कृषि तथा वन विज्ञानका विद्यार्थी पुनःआन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कृषि तथा वन विज्ञानका विद्यार्थी पुनःआन्दोलित

चितवन, १३ असोज । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी पुनः आन्दोलित भएका छन् ।

कृषि तथा वनविज्ञान विश्व विद्यालयका कार्यकारी परिषद्ले आठ निजी कलेजलाई सम्बन्धन दिने गत असार २० गतेको निर्णयलाई सर्वाेच्च अदालतले समेत सदर गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

उनीहरुले सम्बन्धनका विषयमा विश्वविद्यालयका पदाधिकारी र वकिल समेत मिलेका कारण वाध्य भएर आन्दोलनमा जानु परेको विद्यार्थी संगठनहरुले बताएका छन् ।

विद्यार्थीको क्याम्पस प्रशासनमा लगाएको तालाका कारण अहिले परीक्षा लगायत सबै पठन–पाठन ठप्प छन् । सम्पूर्ण सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने समेत विद्यार्थीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);