मुलुक राष्ट्रिय पोशाक बिहिन भएको भन्दै चिन्ता व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुक राष्ट्रिय पोशाक बिहिन भएको भन्दै चिन्ता व्यक्त

                                                                               फाइल तस्विर :

सीता शर्मा
काठमाडौ, १३ असोज । राष्ट्रिय पोशाक राष्ट्रियताको पहिचान हो । तर नेपाल अहिले राष्ट्रिय पोशाक विहिन भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुको दौरा सुरुवाल, टोपी, गुन्यु चोली नै राष्ट्रिय पोशाक बनाइनु पर्छ भन्ने माग गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले दौरा सुरुवाल र गुन्यूृ चोली सबै नेपालीहरुको पोशाक भएको र यसले कुनै निश्चित जातिको मात्र प्रतिनिधित्व नगर्ने बताए ।

मधेश क्षेत्रको प्रतिनिधित्व गर्ने पुर्वसांसद लालबाबु यादवले दौरा सुरुवाल पहाडी ब्राह्मण क्षेत्रीको मात्रै नभइ तराई समुदायको समेत पहिचान भएको बताए ।

वि.स २०६८ अगाडी दौरा सुरुवाल, टोपी तथा गुन्यु चोली नेपालको राष्ट्रिय पोशाक थियो तर तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले यसलाई औपचारीक राष्ट्रिय पोशाकबाट हटाउने निर्णय गरेको थियो ।

दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाउने निर्णय नेपालको पहिचान खोस्ने निर्णय भएको भन्दै युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले दुःख ब्यक्त गरे ।

ऐतिहासिक महत्व बोकेको नेपाली पोशाक हटाउँदा नेपाल अन्र्तर्राष्ट्रिय जगतमा राष्ट्रिय पोशाक विहीन बनेकोे छ । नेपालीको कला, सभ्यता, संस्कृतीलाई बचाउन नेपालीको राष्ट्रिय पोशाकलाई स–सम्मान पुर्नस्थापना गराउनुपर्ने अभियान्ताहरुको माग छ ।

एक सयभन्दा बढी जातजाति भएको नेपालमा सबैको आफ्नै सांस्कृतिक पहिरन भएकाले सबैलाई मौलिक पोशाक लगाउने अधिकारको सुनिश्चितता गर्दै नेपालको संविधानमा राष्ट्रिय पोशाकको व्यवस्था गरिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);