पार्टीभित्र एकता कायम रहे आगामी निर्वाचनमा कांग्रेस पहिलो : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पार्टीभित्र एकता कायम रहे आगामी निर्वाचनमा कांग्रेस पहिलो : देउवा

deuba

काठमाडौं, १३ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसीहरु मिले आगामी चुनावमा पहिलो पार्टी बन्ने बताएका छन् ।

शनिवार नेपाली काँग्रेस अछाम–काठमाडौ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले काँग्रेसीहरु मिलेर एक हुने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने निश्चित रहेको बताए ।

उनले कार्यकर्ताहरुमा भन्दा पनि नेतृत्व तहमा अस्वाभाविक गुटगत गतिविधि वढेकाले पार्टीले अकल्पनिय क्षति व्यहोर्नुपरेको बताए।

त्यसैगरी, कार्यक्रममा काँग्रेसका महामन्त्री, शशांक कोइरालाले कार्यकर्ताहरुले मानसिक तवरले नै एकताको अभ्यास नगर्ने हो भने पार्टीले जस्तोसुकै कार्यक्रम ल्याए पनि पराजयको शिकार व्यहोरी रहनुपर्ने बताए । महामन्त्री कोइरालाले अगामी दिनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन लागि परेको समेत जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);