'करको विषयमा केन्द्र र स्थानीय सरकारबीच समन्वय नहुँदा अन्यौल' | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

‘करको विषयमा केन्द्र र स्थानीय सरकारबीच समन्वय नहुँदा अन्यौल’

काठमाडौं, १३ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले केन्द्र, प्रदेश र स्थानीय सरकारकाबीच कर कसले र कसरी उठाउने भन्ने विषयमा समन्वय हुन नसकेको स्वीकार गरेका छन् ।

नेपाल जैन परिषद्द्वारा आयोजित ‘मैत्री क्षमापना दिवस’ तथा तपस्वी अभिनन्दन समारोहमा बोल्दै उपप्रधान तथा रक्षामन्त्री पोखेलले केन्द्र, प्रदेश र स्थानीय सरकारबीचमा करका विषयमा समन्वय नहुँदा अन्योल देखिएको स्विकार गरे।

उनले त्यही कारण करबारे नकारात्मक चर्चा चलेको पनि बताए । पोखरेलले स्थिर सरकार विरुद्धमा कतिपय लागिरहेको भन्दै त्यहि कारण पनि करको विषयमा अनावश्यक टिप्पणी आइरहेको बताए ।

कांग्रेस नेता रामहरि खतिवडाले भने देश संघीय संरचनामा गएपछि सेवा सुविधा पाउनेमा आशावादी भएका नागरिक सरकारकै कारण निराश भएको बताए । सरकारले जनताको ढाड नै सेक्ने गरि गरेको करवृद्धि र नियन्त्रणबाहिर पुगेको मूल्यबृद्धिले सबैलाई निराश पारेको आरोप लगाए ।

मैत्री क्षमापना दिवसको अवसरमा आयोजित तपस्वी अभिनन्दन समारोहमा दीर्घकालीन उपवास बसेका ब्रतालुहरुलाई सम्मान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);