सातौं राष्ट्रिय पोशाक दिवसको अवसरमा माइतिघरमा सद्भाव र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सातौं राष्ट्रिय पोशाक दिवसको अवसरमा माइतिघरमा सद्भाव र्‍याली

posak diwas5

काठमाडौं, १७ पुस । ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित देशैभर राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।  बिहिबार राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले राजधानीको माइतिघरमा सद्भाव र्‍याली निकाली दिवस मनाएको छ ।

महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताउनुभयो । उहाँले नेपालमा रहेका सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको बताउनुभयो ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित २०७० सालदेखि पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाईदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);