सातै प्रदेशमा एकीकृत संचार कार्यालय स्थापना गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सातै प्रदेशमा एकीकृत संचार कार्यालय स्थापना गर्ने सरकारको तयारी

gokul baskota-dhangadhi

धनगढी,  १७ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सञ्चार क्षेत्रको विकासका लागी सातवटै प्रदेशमा एकीकृत कार्यांलय स्थापना गर्ने बताउनु भएको छ ।

बिहिबार नेपाल पत्रकार महासंघ कैलालीको भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेस काउन्सिल, सूचना तथा केन्द्र लगायतका सेवा सुविधा उपलब्ध गराउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको बताउनु भएको हो ।

मन्त्री बास्कोटाले पत्रकारहरुले कसैप्रति आश्रित नहुने र आफ्नै सञ्चार माध्यमप्रति आश्रित हुने वातावरण बनाउन आफूलागि परेको उल्लेख गर्नु भयो । उहाँले अब बन्ने समानुपातिक विज्ञापन नीतिले सबै संचार माध्यमलाई सामानुपातिक रुपमा विज्ञापन वितरण हुने बताउनु भयो ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशका पत्रकारलाई वित्तीय स्रोतको कम हुन नदिने आश्वासन दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);