सरकारले प्रेसलाई रोक्ने र कलम दबाउने काम गर्दैन : संचारमन्त्री बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारले प्रेसलाई रोक्ने र कलम दबाउने काम गर्दैन : संचारमन्त्री बास्कोटा

gokul

काठमाडौं, २० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पार्नु भयो । तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताउनुभएको छ ।

संचारमन्त्री बास्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिदै आएको लोककल्याणकारी विज्ञापन रोकिने र संसद भित्र छलफल नै नगरि संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);