लोक सेवाको निर्देशनमा भएको गल्ती स्विकार गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

लोक सेवाको निर्देशनमा भएको गल्ती स्विकार गर्न माग

BIJAY SUBBA

काठमाडौं, २० असार । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य विजय सुब्बाले लोक सेवा आयोगलाई दिइएको निर्देशनमा भएको गल्ती स्विकार गर्न माग गर्नु भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद समेत रहनु भएका सुब्बाले शुक्रबार समितिको बैठकमा लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ भन्ने थाहा नभई लोक सेवा आयोगलाई निर्देशन दिएको पाइएको उल्लेख गर्दै गल्ती स्विकार गरेर अघि बढ्न समितिका सभापति श्रेष्ठसँग माग गर्नु भएको हो ।

समितिको बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले लोक सेवा आयोगले हालसम्म खुलाएको खुला र समावेशी कोटाबारे जानकारी लिनुपर्ने बताउनु भएको थियो । लोक सेवा आयोगबारे जनतामा गलत सूचना गएको र त्यसलाई सच्याउन जरुरी रहेको उहाँको भनाई छ ।

बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताउनु भएको थियो ।