'करारमा नियुक्त गर्ने कर्मचारी पनि लोकसेवाबाटै छनोट गर्नुपर्ने माग' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘करारमा नियुक्त गर्ने कर्मचारी पनि लोकसेवाबाटै छनोट गर्नुपर्ने माग’

dilendra prashad badu

काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोक सेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शुक्रवार संसदको राज्य ब्यवस्था तथा शुशासन समितिको बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगबाटै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

सांसद बडुले राजनीतिक भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त गर्ने परिपाटीको अन्त्य गर्न पनि त्यसको छनौट गर्ने जिम्मेवारी लोक सेवा आयोगलाई दिन उपयुक्त हुने पनि स्पष्ट पार्नु भयो ।

बैठकमा सत्तारुढ नेकपाकी सांसद पम्फा भुसालले सचिव र सहसचिव करारमा राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने आफ्नो अडान दोहो¥याउनु भयो । उहाँले दिएको जिम्मेवारी बहन नगर्ने सचिवको कार्यकाल २ वर्ष घटाउने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले विशेषज्ञता हासिल गरेका सचिवहरुलाई सम्बन्धित मन्त्रालयमै सचिव हुने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);