स्थायी कर्मचारीलाई लोक सेवाको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

स्थायी कर्मचारीलाई लोक सेवाको खुला प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था गर्न माग

lokseba

काठमाडौं, १५ असार । सत्तारुढ दल नेकपाका सांसदले स्थायी कर्मचारीहरुलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भाग लिन पाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गरेका छन ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आईतबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन,र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै नेकपाका सांसद झपड रावलले स्थायी कर्मचारीलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भाग लिन पाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गर्नु भएको हो ।

उहाँले लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा नयाँ नागरिकहरुलाई मौका दिन पनि स्थायी कर्मचारीलाई त्यसमा प्रतिस्पर्धा गर्ने कानुनी प्रावधान हटाउन न्यायोजित हुने तर्क गर्नुभयो ।

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने कार्य सम्पादनमा समस्या नहुने गरी स्थायी कर्मचारीहरुले पनि लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भाग लिँदा फरक नपर्ने धारणा राख्नु भएको थियो ।

सो विधेयकमा स्थायी कर्मचारीले आन्तरिक र खुला दुवै प्रतिस्पर्धामा भाग लिन पाउने विगतकै प्रावधानलाई निरन्तरता दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);