करारमा कार्यरत कर्मचारीलाई पनि उपदानको व्यवस्था गर्न काँग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

करारमा कार्यरत कर्मचारीलाई पनि उपदानको व्यवस्था गर्न काँग्रेसको माग

rajyabebasta-nepali congress

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपादान दिन सरकारसँग माग गर्नु भएको हो ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरुलाई बञ्चित गराउन नहुने तर्क गर्नु भयो ।

बैठकमा समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरुको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भयो ।