स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्य स्वीकार्य हुँदैन : मन्त्री बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्य स्वीकार्य हुँदैन : मन्त्री बाँस्कोटा

mantri baskota

काठमाडौं, १३ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताउनुभएको हो । उहाँले नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सिमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको स्पष्ट पार्नुभयो ।

पत्रकारिता भन्दा पनि मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएकोे भन्दै उहाँले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्यलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।

तानाशाही व्यवस्थामा नबोल्नेले अहिले गणतन्त्र आफुले ल्याएको दाबी गर्दै त्यस विरुद्ध विभिन्न बक्तव्य जारी गर्दै हिडेकोमा पनि उहाँले आपत्ती जनाउनुभयो । उहाँले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याई पुनस्र्थापित हुने प्रयास गरिरहेको दाबी गर्नुभयो ।

मन्त्री बाँस्कोटाले अनुजा, भक्तमान, दिलशोभा लगायत प्रकरणबाट सरकार अनुशप्त रहेको स्मरण गराउदै कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिईने चेतावनी दिनुभयो ।

छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);