२३ जना पत्रकारसहित २७ जना प्रेस काउन्सिल वर्ष पुरस्कारबाट सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२३ जना पत्रकारसहित २७ जना प्रेस काउन्सिल वर्ष पुरस्कारबाट सम्मानित

काठमाडौं, ६ असोज । प्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ जना पत्रकारसहित २७ जनालाई प्रेस काउन्सिल वर्ष पुरस्कारबाट सम्मान गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा सोमबार प्रेस काउन्सिल नेपालको स्वर्ण महोत्सव मनाइएको छ । त्यस अवसरमा काउन्सिलका ४ कर्मचारीसहित २३ जना पत्रकारलाई विभिन्न विधामा प्रेस काउन्सिल वर्ष पुरस्कारबाट सम्मानित गरिएको छ ।

त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले, एक लाख ५१ हजार राशीको काउन्सिल गोपालदास पत्रारिता पुरस्कार डाक्टर सुरेश आचार्य र १ लाख ५ हजार राशीको प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार गोविन्दबहादुर थापालाई प्रदान गर्नु गर्नु भयो ।

त्यस अवसरमा अन्य विधामा पनि कर्मचारी तथा पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले चुरे र वातावरण बचाउको क्षेत्रमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पत्रकारितामा इमान्दारिता आवश्यक भएकोमा जोड दिनु भयो । नेपालको पत्रकारिताप्रति व्यग्य गर्दै संचारमन्त्री बास्कोटाले नेपालको पत्रकारिता भजनकारी हुँदै हेडलाइनकारी भएको बताउनु भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले, प्रेस काउन्सिलको वार्षिक गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);