हिंसा त्याग्ने संकल्प गरे विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

हिंसा त्याग्ने संकल्प गरे विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार : सञ्चारमन्त्री

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा

काठमाडौं, १३ जेठ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताउनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहटने पनि स्पष्ट पार्नु भयो ।

उहाँले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई फिर्ता लिनै नसक्ने अडान समेत दोहो-याउनु भयो । मुलुकको शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रत्याभूति गराउने दायित्व भएकाले सरकारले त्यस्ता हिंसात्मक गतिविधिलाई कडाईका साथ नियन्त्रण गर्नुको विकल्प नरहेको मन्त्री बास्कोटाको भनाई छ ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकारले शान्तिपूर्ण राजनीतिमा आउनेलाई सधैं सम्मान गर्ने पनि स्पष्ट पार्नु भयो । शान्तिपूर्ण राजनीति गर्नेमाथि सम्मान गर्ने संवैधानिक व्यवस्था भएकाले सरकार सोही अनुसार अघि बढ्ने पनि मन्त्री बास्कोटाले बताउनु भयो । मन्त्री बास्कोटाले सरकारको कुनै पनि राजनीतिक शक्तिलाई नियन्त्रणमा लिने चाहना, उद्देश्य र लक्ष्य नभएको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);