विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध किन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध किन ?

gokul baskota

काठमाडौं, ३० फागुन । सरकारले संगठित अपराध र विध्वंशकारी गतिविधि गरेकाले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु परेको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको शान्ति सुरक्षामाथि नै खलल् आउने गरी चन्द नेतृत्वको नेकपाले अपराधिक तथा विध्वंशकारी गतिविधि गरेकाले उनीहरुमाथि प्रचलित कानुन बमोजिम कार्वाही गर्ने निर्णय सरकारले लिनु परेको स्पष्ट पारेका छन् ।

मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चन्द नेतृत्वको नेकपाले निर्दोष नागरिकको हत्या गर्ने, काठमाडौं लगायत देशका विभिन्न भागमा बम विष्फोट गराउने, जबरजस्ती चन्दा असुली गर्ने, अपहरण गर्ने जस्ता काम गरेर मुलुकको शान्ति सुरक्षामाथि नै खलल पु-याउने काम गरेपछि त्यसलाई नियन्त्रणमा लिने संवैधानिक दायित्व र जिम्मेवारी सरकारको भएको पनि स्मरण गराए ।

मन्त्री बास्कोटाले चन्द नेतृत्वको नेकपाले स्थानीय तहलाई धम्क्याउने तथा विभिन्न जलविद्युत आयोजनाको निर्माण स्थलमा आगजनी गर्ने लगायतका काम गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकार सो समूहलाई प्रतिबन्ध लगाउन बाध्य हुनु परेको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);