देश टुक्राउने विषय माथि जनमत संग्रह हुनै सक्दैन : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देश टुक्राउने विषय माथि जनमत संग्रह हुनै सक्दैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडाैं, ३० फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देश नै टुक्र्याउने विषय माथि जनमत संग्रह हुनै नसक्ने बताएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने आजको सन्दर्भ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले सिके राउतसँग ११ बुँदे सहमति हुँदा यस सम्बन्धमा कुनै पनि किसिमका कुराकानी वा सम्झौता नभएको स्पष्ट पारेका छन् । देश टुक्र्याउने विषय माथि जनमत संग्रह हुन्छ भन्ने कुरामा १ प्रतिशत पनि सत्यता नभएको र यस्ताे कुरा कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । राउनसँग भएकाे ११ बुँदे सहमति मध्ये कुनै पनि बुँदामा जनमत संग्रहको कुरा उल्लेख नभएको उनले स्पष्ट पारेका छन् ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);