राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन : प्रम ओली

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे । ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो’ प्रधानमन्त्री ओलीले भने ‘राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुँनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।’

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए । ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्’ प्रधानमन्त्री ओलीले भने ‘राष्ट्रि अखण्डता र सार्वभौमसत्तामा आँच पु-याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।’

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताए । ‘देशको शान्ती सुरक्षा र अमन चयन खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुँदैनन्’ प्रधानमन्त्री ओलीले भने ‘कोही मृत संस्था जिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।’

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाकालागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्रीओलीले प्रशंसा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);