सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिबारे स्पष्ट पार्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिबारे स्पष्ट पार्न कांग्रेसको माग

ck raut

काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्न माग गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको साझा व्याख्या दुवै पक्षले गर्नुपर्ने माग गरे ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सम्झौताको बुँदा नम्बर २ लाई लिएर सरकारले जनअभिमतको कुरा गर्ने तर सिके राउतले जनमत संग्रहको कुरा गर्ने गरेको उल्लेख गर्दै त्यसको साझा व्याख्या गर्न माग गर्नु परेको पनि स्पष्ट पारे ।

बुँदा नम्बर २ मा राउतले भनेजस्तै जनमत संग्रह गर्ने कुरा उल्लेख गरिएको हो भने त्यो नेपाली काँग्रेसलाई मान्य नहुने स्पष्ट पार्दै प्रवक्ता शर्माले त्यसलाई तत्काल सच्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रवक्ता शर्माले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने मामलामा सरकारलाई आफ्नो पार्टीको सधैं साथ रहने पनि स्पष्ट पारे । उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई संवादकै माध्यामबाट सहमतिमा ल्याउन पनि सरकारलाई सुझाव दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेका चन्दलाई वार्ताकै माध्यामबाट सहमतिमा ल्याउन उपयुक्त हुने काँग्रेसको मान्यता रहेको प्रवक्ता शर्माको भनाई छ । प्रवक्ता शर्माले मुलुकको शान्ति सुरक्षामाथि खलल् पु-याउने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सैह्य नहुने स्पष्ट पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);