सीके राउतसंगको सम्झौताबारे संसदमा चर्काचर्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सीके राउतसंगको सम्झौताबारे संसदमा चर्काचर्की

sanghiya samsadh

कोमलप्रसाद दुलाल

काठमाडौं, २६ फागुन । सरकारले गत शुक्रवार तराई मधेशमा छुट्टै राज्यको माग गदै आएका सीके राउत संग ११ बुँदे सहमति गर्यो । तर, सहमति गरेको मशि सुक्न नपाउँदा सहमतिका बुँदाका विषयलाई लिएर सांसदहरु बीचनै चर्काचर्की भएको छ ।

तराईमा छुट्टै मधेशको माग गदै आएको तराई मधेश गठबन्धनका सीके राउतसंग सरकारले गत शुक्रवार ११ बुँदे सहमति गर्यो । सहमतिको बुँदा नम्बर २ अर्थात जनअभिमतको शव्द अर्थको विषयलाई लिएर अहिले बहस शुरु भएको छ ।

यही विषयलाई लिएर आईतवारको प्रतिनिधीसभाको बैठकमा पनि सांसदरुबीचनै रस्साकस्सी भयो । करिब १२ बजेबाट शुरु भएको प्रतिनीधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा र र नेपाली कांग्रेसका सांसदहरु बीच चर्काचर्की भएको हो ।

हुनत सांसद भवन भित्र सत्तापक्षका सांसद र प्रतिपक्षका सांसदबीच सधै यस्तै दोहोरी भईराख्छ । तर, आइतवारको प्रतिनिधीसभा बैठकमा रमाईलो विषय के थियो भने सीके राउतकै विषयलाई लिइर सत्तापक्षका सांसदबीच र सत्तापक्षका सांसद र गृहमन्त्री रामबहादुर थापाबीचको सवाल जबाफ भने रोचक थियो ।

यसरी अहिले सरकारले आकस्मिक रुपमा सिकै राउत संग गरिएको सम्झौता र सम्झौंको भाषाका विषय राष्ट्रिय बहसको विषय बनेको छ । सहमति लगत्तै सीके राउतले जनअभिमतको अर्थ जनमत संग्रह नै हो भनेर व्यवख्या गरेपछि यो वहस संसद भवनमा समेत पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);