काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अव मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताउनु दाबी गरेका छन् । राष्ट्रिय किसान आयोगले आईतवार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सीके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि दाबी गरे । सीके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई केहीले शंकाले दृष्टिले हेरेको उल्लेख गर्दै उनले असन्तुष्टि पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकारले मुलुकको समृद्धिका लागि आफ्नो अभियानलाई तीव्रताका साथ अघि बढाएको दाबी पनि गरे ।




