मधेस आन्दोलनको अध्ययन प्रतिवेदन प्रस्तुत गर्न सभामुख महराको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मधेस आन्दोलनको अध्ययन प्रतिवेदन प्रस्तुत गर्न सभामुख महराको रुलिङ

sabhamukh mahara

काठमाडौं, २६ फागुन ।  प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरेका छन् ।  आईतबारको प्रतिनिधिसभाको बैठकमा राजपाका सांसदहरुले मधेस आन्दोलन प्रतिवेदन सदनमा पेस नभएसम्म बैठक चल्न नदिने भन्दै उभिएर विरोध जनाएपछि सभामुखले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठक सुरु हुने वित्तिकै राजपाका सांसद महेन्द्र राय यादवले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सदनमा पेश गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख महराले त्यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मधेस,थरुहट आन्दोलनको सत्य तथ्य छानविन गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । राजपाले सो आयोगको अध्ययन प्रतिवेदन संसदमा पेस गर्नका लागि सभामुखको रुलिङ माग गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);