लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको पुनः माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको पुनः माग

rajapako mag

काठमाडौं, ७ जेठ । राष्ट्रिय जनता पार्टीले मधेश आन्दोलनको बिषयमा पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा बैठकमा राजपाका सांसद महेन्द्र राय यादवले मधेस आन्दोलनकोे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र संबिधान संसोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।

राजपाका सांसदहरुले बैठक शुरु हुनेबित्तिकै आ आफनो स्थानबाट उठेर बिरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले यादवलाई बोल्न समय दिनुभएको थियो ।

राजपाले विगतदेखि सो प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ । सभामुखले प्रतिवेदन सार्वजनिक गर्नका लागि दुई पटक सरकारलाई रुलिङ गरिसक्नुभएको छ ।

राजपाले आफूहरूको माग सम्बोधन नगरिए आगामी संसद्को बैठक अवरोध हुनसक्ने चेतावनी दिएको छ । बैठकमा सभामुख महराले राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);