नेपाल प्रहरीले आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

नेपाल प्रहरीले आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने

काठमाडौं, ७ जेठ । नेपाल प्रहरीले संगठन भित्रका आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने तयारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिनु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै उहाँले देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठन भित्रका खेलाडीहरुलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि आग्रह गर्नु भयो । प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रको विकासका लागि संगठन भित्र आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाइएको पनि बताउनु भयो ।