प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन राप्रपाको माग

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं, ७ जेठ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धि विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ ।  पार्टीको मंगलबार काठमाडौंमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो ।

संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता प्रतिकूल हुने गरी सो विधेयकमा समावेश गरिएको सबै प्रावधान तत्काल हटाउन सरकारसँग माग गरिएको पार्टीका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो । ‘लोकतन्त्रको मापदण्ड र विश्व समुदायले अभ्यास गरिरहेको प्रचलनका विरुद्धमा हुने गरी सरकारले सो विधेयकमा केही प्रावधान समावेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निष्कर्ष छ,’ सहायक प्रवक्ता श्रेष्ठले भन्नु भयो,‘प्रेसलाई निर्वाध रुपमा काम गर्न नदिने गरी आएको सोही प्रावधान तत्काल हटाउन सरकारसँग माग गर्दछौैं ।’

बैठकमा पार्टीका नेताहरुले मुलुकमा हिन्दु राष्ट्र पुनस्थापना हुने गरी संगठनको कामकार्वाहीलाई गतिशील हुने गरी कार्ययोजना तय गर्न पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);