सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न माग

काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले सरकारले ल्याएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश गरिएका सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न माग गर्नु भएको छ ।

बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले संविधान प्रतिकूल हुनेगरी आएको सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।

समितिको बैठकमा सांसद लामाले सामाजिक संजालमार्फत् अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी आएको सो विधेयक मान्य नहुने चेतावनी दिँदै फरक मत पनि पेश गर्नु भएको छ । संविधानको विरुद्धमा हुने गरी सामाजिक संजाल फेसबुक लगायतमाथि प्रतिबन्ध लगाउने गरी आएको सो विधेयकमा सहमति जनाउन नसकिने भएकाले समितिमा आफूले फरक मत पेश गर्नु परेको सांसद लामाको भनाई छ ।

सांसद लामाले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई समेत हनन् हुने गरी संविधान विरोधी सो विधेयक मान्य नहुने चेतावनी पनि दिनु भयो ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भने सामाजिक संजालको दुरुपयोग हुने गरेको उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गरेर जान उपयुक्त हुने धारणा राख्नु भएको थियो ।

उहाँले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै यस ढंगले गलत समाचार सम्प्रेषण गर्नेहरुलाई नियन्त्रण गर्न सरकारले कानुन बनाउन आवश्यक रहेको पनि स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले सामाजिक संजालको दुरुपयोग हुने क्रममा बढेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले विवादमा तानिएको सो विधेयक व्यापक परामर्श गरेर मात्रै पारित गर्नुपर्ने धारणा पनि राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);