एसइईको पुरक परीक्षा साउन २६ र २७ गते हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एसइईको पुरक परीक्षा साउन २६ र २७ गते हुने

see

काठमाडौं, १८ असार । एसइईको ग्रेडवृद्धि (पुरक) परीक्षा आगामी साउनको २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना प्रकाशित गरेर ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

गत चैतमा एसईई परीक्षामा नियमित समुहबाट सम्मिलित भई बढीमा दुई विषयमा सौद्धान्तिक तर्फ ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गर्ने परीक्षार्थी ग्रेडवृद्धिमा सहभागी हुन पाउनेछन् । बढीमा दुई विषयको परीक्षामा अनुपस्थित विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले साउन १५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ । फाराम जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बुझाउन सकिनेछ ।

प्रत्येक विषयका लागि पुरक परीक्षा दिन ५ सय शुल्क तोकिएको छ । परीक्षा सम्बन्धित जिल्ला सदर मुकामहरुमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);