अर्थमन्त्रीद्वारा राजश्व चुहावट संशोधन विधेयक संसदमा पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अर्थमन्त्रीद्वारा राजश्व चुहावट संशोधन विधेयक संसदमा पेश

काठमाडौं, ८ जेठ ।  सरकारले प्रतिनिधिसभामा ‘राजश्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ पेश गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बुधबार प्रतिनिधिसभाको बैठकमा सो विधेयक पेश गर्नु भएको हो । विधेयक पेश गर्दै अर्थमन्त्री खतिवडाले, विधेयकले राजश्व चुहावट रोक्न सहयोग पुग्ने बताउनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतकुमार शाहले राजस्व हिनामिना गर्ने कर्मचारीमाथि कडा कार्वाही हुने प्रावधान विधेयकमा राख्न माग गर्नुभयो । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

त्यसैगरी सांसद प्रेम सुवालले राजस्व चुहावट गर्नेमाथि कार्वाही गर्ने प्रावधान सो विधेयकमा गरिएपनि सरकारले हालसम्म राजस्व चुहावट नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले राजस्व छली हुन नदिन छुट्टै संयन्त्रको निर्माण गर्न पनि सरकारसँग माग गर्नु भयो । विधेयकमा राजस्व छली गर्ने भन्सार कार्यालयका कर्मचारीलाई ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);