राजपाद्वारा आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

राजपाद्वारा आइतबारको प्रतिनिधिसभा बैठक अवरुद्ध

rajapa abarodh

काठमाडौं, ३ चैत । राष्ट्रिय जनता पार्टीले मधेश आन्दोलको प्रतिबेदन सवार्वननिक गर्न माग गर्दै आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । राजपाले मधेश आन्दोलनका सम्बन्धमा पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

आइतबार प्रतिनिधिसभाको बैठकको सुरुमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् । तर त्यसपछि पनि सहमती नजुटेपछि बैठक सोमबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

गत बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेस आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दे उभिएर विरोध गरेका थिए । लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गरेका थिए । तर आइतबारको बैठकमा सरकारको धारणा नआएपछि राजपाले बैठक अवरुद्ध पारेको थियो । राजपाले आफनो माग सम्बोधन नभएसम्म संसद बैठक चल्न नदिने अडान राखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);