सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रता विरुद्ध छैन : मन्त्री बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रता विरुद्ध छैन : मन्त्री बाँस्कोटा

gokul baskota

काठमाडौं, ३ चैत । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयक अभिब्यक्ति स्वतन्त्रता विरुद्ध नभई साईबर सुरक्षा र अपराध नियन्त्रणका लागि ल्याइएको स्पष्ट पारेका छन् ।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा आईतबार संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री बाँस्कोटाले साइबर सुरक्षासंग जोडर विधेयक ल्याईएको बताए । उनले प्रविधिको विकास संगै विकृति पनि आउने भएकाले त्यसको सही व्यवस्थापन मुख्य चुनौतिको विषय रहेको भन्दै विधेयकबाट कोही पनि डराउनु नपर्ने उल्लेख गरे ।

विद्युतिय माध्यमबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्दै साईबर सुरक्षाको प्रबन्ध गर्ने तथा डिजिटल हस्ताक्षरसम्बन्धी नया व्यवस्था सहितका कैयौ राम्रा विषय विधेयकमा समावेश भएको मन्त्री बास्कोटाको दाबी छ । उनले स्वतन्त्रताको कुरालाई सूचना प्रविधिसंग जोडेर भ्रम फैलाउने काम नगर्न पनि आग्रह गरे । कार्यक्रममा विज्ञहरुले विधेयकका प्राविधिक विषयहरुमा व्याख्या सहित स्पष्ट बनाउन सरकारलाई सुझाव दिएका थिए ।

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन अवस्थामा छ ।