राजपा सांसदको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राजपा सांसदको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक प्रभावित

काठमाडौं, ४ चैत । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । पूर्वन्यायाधिश गिरिसचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् ।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद अनिल कुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

पटक पटक सभामुखले आसन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुखले बैठक दश मिनेटका लागि स्थगित भएको घोषणा गरे । राजपाका सांसदको अवरोधका कारण आईतबारको बैठक पनि प्रभावित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);