मन्त्री महासेठ अनुपस्थित भएपछि विकास समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मन्त्री महासेठ अनुपस्थित भएपछि विकास समितिको बैठक स्थगित

mantri mahaseth

काठमाडौं, ४ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि बस्दै नबसी स्थगित गरिएको हो ।

समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिकपूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई बोलाइएको थियो । तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।

बैठकमा मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिए । समितिका सदस्यहरुले भने महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएकोमा आपत्ति जनाएका थिए ।

बैठकमा आधाघण्टा ढिलो गरी उपस्थित भएका अर्थमन्त्री खतिवडाले भने मन्त्रीहरुको कार्यव्यवस्तालाई बेवास्ता गर्दै समितिको बैठक बोलाउने गरेको भन्दै गुनासो गरेका थिए ।

समितिको बैठक सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको थियो । तर साँढे १२ बजेसम्म पनि मन्त्री महासेठ बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);