सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

dil kumari rawal

काठमाडौं, ४ चैत । राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभाकी सांसद दिल कुमारी रावलले मुलुकका विभिन्न भागमा आगलागीका घटना बढ्दै गएको भन्दै प्रकोपको पुर्व तयारी तथा नियन्त्रण, प्रकोप पछिको पुनस्थापना र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

त्यसैगरी सांसद राधेश्याम अधिकारीले विस्तृत शान्ति सम्झौतामा सहभागि हुदै पहिलो संविधानसभामा समावेश भएको नेत्र विक्रम चन्दको समुह फेरी हतियारको प्रयोग, विष्फोट, आगजनी र व्यक्तिहत्यामा लागेको भन्दै त्यसतर्फ सरकार गमभीर बन्नुपर्ने उल्लेख गरे ।

अधिकारीले चन्दसंग वार्तामा जुट्नुपर्ने बेला सरकार आक्रामक शैलीमा उत्रिएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षाको बारेमा उठाएको अभिव्यक्ति र चन्द समूहबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

सांसद बृषेशचन्द्र लालले मधेस आन्दोलनबारे उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न गरेको ढिलाई प्रति सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);