संसदीय समितिको बैठकमा उप्रधानमन्त्री र प्रधानसेनापति अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संसदीय समितिको बैठकमा उप्रधानमन्त्री र प्रधानसेनापति अनुपस्थित

काठमाडौं, २२ फागुन । नेपाली सेना भित्रको भ्रष्टाचारको विषयमा छलफल गर्न बोलाउँदा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि संसदीय समितिमा सांसदहरुले आपत्ति जनाएका छन् ।

बिहीवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोलाउँदा पनि उपप्रधानमन्त्री पोखरेल र प्रधानसेनापति थापा नआएको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् । दुबैजना अनुपस्थित भएपछि समितिको बैठक समेत स्थगित गरिएको छ ।

बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा दुवैजना अनुपस्थित भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गर्नुभयो ।

बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताउनुभयो ।

त्यसैगरी सांसद झपटबहादुर रावलले विभागिय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भिर विषयमा छलफल अगाडि बढ्न नसक्ने भन्दै उपप्रधानमन्त्री र प्रधान सेनापतिले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको उल्लेख गर्नुभयो ।

सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताउनुभयो ।

नेपाली सेनाभित्र भ्रष्टाचार भएको दावी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो । सोही बिषयमा छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);