'निकुञ्ज वरिपरि बस्ने स्थानीयको स्तानान्तरण तथा राहतको व्यवस्था गर्न माग' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘निकुञ्ज वरिपरि बस्ने स्थानीयको स्तानान्तरण तथा राहतको व्यवस्था गर्न माग’

krishi samiti-nikunja

काठमाडौं, २२ फागुन । सांसदहरुले निकुञ्ज वरिपरि बस्ने स्थानीय जनताहरुको स्तानान्तरण तथा उनीहरुले पाउने राहतको विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने माग गरेका छन् । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहिवारको बैठकमा सांसदहरुले विभिन्न निकुञ्ज तथा संरक्षण क्षेत्रको स्थलगत अनुगमन पछि यस्तो माग गरेका हुन् ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहिवारको बैठकमा सांसद भूपेन्द्र बहादुर थापाले शूक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरिपरि बस्ने किसानहरुले बालिनालीमा भएको क्षतिको कुनै प्रकारको राहत नपाएको गुनासो गर्नु भयो ।

त्यसैगरी सांसद छबिलाल विश्वकर्माले निकुञ्जभित्र बन्यजन्तु बसोबास भएको स्थानमा मानिसको पनि बसोबास भएकाले उनीहरुलाई व्यवस्थित ठाउँमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले निकुञ्जमा देखा परेका समस्या र समाधानका लागि भएका सकारात्मक पहदकदमीहरु सबल र समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसद राधा ज्ञवालीले निकुञ्जका स्थानीयहरुलाई सट्टाभर्ना गरेर राम्रो ठाउँमा व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी नुरेन्द्र अर्यालले निकुञ्जमा रहेका वन्यजन्तुका कारण कुनै व्यक्तिको मृत्यु भएमा १० लाख राहतका रुपमा दिँइदै आएको बताउनु भयो । थोरै मात्रै वन्यजन्तुले क्षति गरेमा पनि राहत दिने गरिएकोमा बाँदरले गरेको क्षतिका लागि भने कुनै राहत दिने ब्यवस्था नगरेको अर्याललको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);