गुठी संस्थान खारेज गर्न सांसदहरुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गुठी संस्थान खारेज गर्न सांसदहरुको माग

guthi sansthan

काठमाडौं, १२ असार । सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन । बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न माग गर्नु भएको हो ।

सांसद सुवालले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

अर्का सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या समाधानका लागि ‘विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहिनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);