विदेशीले पनि नेपाली नागरिकता लिए, तत्काल खारेज गर्नुपर्छ : सांसद बिडारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विदेशीले पनि नेपाली नागरिकता लिए, तत्काल खारेज गर्नुपर्छ : सांसद बिडारी

ramnarayan bidari

काठमाडौं, २४ बैशाख ।  सत्तारुढ दलकै सांसदहरुले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिकता विधेयकः समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालमा विदेशी नागरिकले नागरिकता लिएको पाइएको उल्लेख गर्दै त्यसको छानवीन गरी दोषीमाथि कार्वाही गर्न ढिलाई गर्न नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सत्तारुढ नेकपाकै प्रतिनिधिसभाका सांसद झपड रावलले अंगीकृत नागरिकका सन्तानलाई सात पुस्तापछि मात्रै वंशजको आधारमा नागरिकता लिने व्यवस्था गर्न सरकारलाई सुझाव दिनु भयो ।

कार्यक्रममा पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले नेपालमा नागरिकता वितरणको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाउन सरकारलाई सुझाव दिनु भयो । उहाँले नागरिकता नागरिकले लिने भएकाले यसलाई महिला र मधेशीसँग जोडेर हेर्न नहुने बताउनुभयो ।

संग्रौलाले नेपालको राष्ट्रियता खतरामा पर्ने भएकाले पनि नागरिकता वितरणको कामलाई कडा निगरानीका साथ अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);