संसदमा प्रधानमन्त्रीको जवाफ : राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दाबली अन्तर्राष्ट्रिय अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

संसदमा प्रधानमन्त्रीको जवाफ : राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दाबली अन्तर्राष्ट्रिय अभ्यास

oli-samsad-mero sarkar

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम देश बनाउने भबिष्यको सपना भएको दाबी गर्नुभएको छ ।

मंगलवार सांसदहरुले नीति तथा कार्यक्रममा बिषयमा उठाएको प्रश्नको संसदमा जवाफ दिदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम समृद्ध नेपाल,सुखी नेपाली बनाउने गरी ल्याइएको उल्लेख गर्नुभयो । उहाँले सरकारले आर्थिक बर्ष २०७६÷७७ का लागि ल्याएको नीति तथा कार्यक्रम लोकतन्त्रलाई व्यापक अर्थमा प्रयोग र रक्षा गर्ने हिसाबको आएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा बैशाख २० गते राष्ट्रपतिले प्रयोग गर्नुभएकोे मेरो सरकार शब्दाबली अन्तराष्ट्रिय अभ्यास भएको समेत उल्लेख गर्नुभयो । उहाँले संविधान संसोधन जुनसुकै बेलामा पनि नहुने भन्दै आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने बताउनुभयो ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विगतमा भएको भ्रष्टाचारको छानविन आफ्नो सरकारले गरिरहेको पनि दाबी गर्नुभयो । उहाँले सरकारले एक बर्षका लागि मात्रै नभई दुरगामी दृष्टिका साथ नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पृथकतावाद अन्त्य भएको, शान्ति सुव्यवस्था कायम भएको, सामाजिक सुरक्षा, रोजगारीका अवसर श्रृजना गर्ने, विकास निर्माण लगायत सवालमा थुप्रै युगान्तकारी कामहरु भएको भन्दै चालु आर्थिक बर्ष सबै कोणबाट आधार बर्षको रुपमा रहेको उल्लेख गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);