नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

niti tatha karyakram

कोमल प्रसाद दुलाल
काठमाडौं, २४ बैशाख । आर्थिक वर्ष २०७६-०६७ लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदमा नाराबाजीका बीच बहुमतले पारित भएको छ । गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा सांसदहरुले लगातार तीन दिन सम्म घारणा राखेपछि मंगलबार बहुमतले पारित भएको हो ।

तीनसम्म देखि चलेकोे सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका संसदहरुले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा आपत्ती मात्र जनाएनन, संसदमा संसोधन प्रस्तावनै दर्ता गराए । त्यसैगरी गत वर्ष सरकारले घोषणा गरेको कार्यक्रम अन्तरगत महाकाली नदीमा कुन कुन तुईन कहिले विस्तापित भए, एनसेल संग कर उठाउने कि नउठाउने ? संविधान संसोधन गर्न तयार हुने अनि संसोधनका लागि तयार पनि नहुने जस्ता प्रश्न सोधेका थिए । हुँदा हुँदै मंगलवारको छलफलमा सांसदहरुले सरकारलाई दिउँसै सपना नदेख्न समेत आग्रह दिए ।

यसरी प्रतिनीधी सभामा अहिलेसम्म सांसदहरुले नीति तथा कार्यक्रममाथि लगातार गरेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले क्रमसंगै जबाफ दिए । तर, जबाफको अन्तिममा प्रधानमन्त्री ओलीले आक्रोश, कुण्डा र निम्छरा प्रश्नको जवाफ दिन्न भनेपछि बैठक केहीबेर तनाबपुर्ण समेत बन्यो ।

नेपाली कांग्रेसका सांसदहरुले उभिएर प्रधानमन्त्रीले बोल्नु भएको आक्रोश, कुण्डा र निम्छरा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरेपनि सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्टबाट प्रधानमन्त्रीको भनाभन नै चल्यो ।

यसरी नेपाली कांग्रेसको निरन्तरको नाराबाजीबीच प्रधानमन्त्रीले आफ्नो जवाफ सकाउनुभएको थियो । नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरियो । अर्काे बैठक बैशाख २७ गते देखि बजेट पुर्वको विनियोजन विधेयकको सिद्धान्त र प्राथकिताका बारेमा छलफल हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);