नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीद्वारा संसदमा दिदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीद्वारा संसदमा दिदै

pm oli

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ आज संसदमा दिदै हुनुहुन्छ ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । त्यसको लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ । विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् ।

नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् । प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफोरोमा रहेर जवाफ दिनुहुनेछ । प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);