जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरुको गुनासो | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

जनताको समस्याप्रति सरकार गम्भिर नभएको सत्तारुढ रास्वपाका सांसदहरुको गुनासो

काठमाडौं ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले नै जनताको जल्दाबल्दा समस्या समाधानका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाकी सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले सडक बाटोको अभावमा झापा, हुम्ला, जुम्लालगायतका नागरिकहरुले ठूलो जोखिम उठाउनुपर्ने भएकाले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।

सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । खेतीको समयमा किसानले मलको अभाव व्यहोर्दा पनि सरकारले उक्त समस्या समाधानका लागि चासो दिन नसकेको उहाँको गुनासो थियो । सांसद खनालले रसायनिक मलको वितरण पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद विश्वराज पोखरेलले बाँदन नियन्त्रणका लागि विशेष  खालको कार्यक्रम ल्याउन सरकारलाई दवाव दिनुभयो । उहाँले ओखलढुंगा जिल्ला अस्पतालमा उचित उपचारको व्यवस्था नहुँदा नागरिकले अकालले ज्यान गुमाउनेपरेकोतर्फ पनि सरकारको ध्यानकर्षण गराउनु भयो ।सांसद पोखरेलको नागरिक मौलिक हकको सुनिश्चित गर्न पनि सरकारसँग माग गर्नुभयो ।

Leave a Reply

ताजा समाचार